पहिचानवादीहरुको मुद्दा एउटै भएता पनि भित्रभित्रै नमिल्ने !
धेरैजना सैद्धान्तिक पहिचानवादीहरु भएतापनि ” धेरै विरालो भए मुसा मार्दैन” भनेझैं यिनीहरुको विमेलले गर्दा अहिले सम्म मुलवासी आदिवासीहरुको पहिचानको लंडाई असफल भैरहेको छ भने, यस्ता पहिचान आन्दोलनरत मुख्य घटकहरूको तौर तरिका व्यावस्थापनको कमजोरीले गर्दा तलका साधारण योद्धाहरु यसरी वलिको वोका हुन वाध्य भईरहेको छ ।
किनभने – कुमार लिङ्देन सञ्जुहाँङ संग नमिल्ने, अशोक राई आङकाजीहरु महेन्द्र लावती गोपाल किराती संग कुनै हालतले नमिल्ने, प्रेमदीप र कुमार लिङ्देन एकआपसमा मनपरी गाँड कोराकोर गर्ने, मित्र लिङ्देन र सागर केरुङको पूर्वी र पश्चिमीझै ध्रुविकरणमा छदैछ, खगेन्द्र माखिमलाई प्राय नेताहरुले आलोचना मात्रै गर्ने । त्यस्तै विष्णु तुम्वाहाम्फे, वीर नेम्वाङ, भगत सुव्वा, मनिस हेल्लोक आदिलाई कसैले मतलव नगर्ने, डकेन्द्र थेगिमलाई स्वयं चन्द्र कुमार शेर्मा र युमा साम्यो खेमाले विरोध मात्रै गर्ने,कुमार लिङदेन कुनै पार्टी संग पनि एकता वन्दै नगर्ने, मङ्गोल नेशनल अर्गनाईजेशन नेता कार्यकर्ताहरु भने आदिवासी जनजातिको शव्दै सुन्न नचाहने । त्यस्तै युमा साम्यो लिम्वुहरु किरात याक्थुङ चुम्लुङ र प्रेम येक्तेनको नामै सुन्न नचाहने, उता केपी पालुङ्वालाई आफ्नै पार्टीका विशेष पश्चिमे मगर गुरुङहरुले माथि उठ्नै नदिने आदि खिचातानीले गर्दा डामाडोल देखिन्छ । त्यस्तै अर्को कुरा नेतृत्व पङ्ति यी नेताहरुले मुख्य ठाँउमा दवाव र वार्ताको टुङ्गो नगर्नाले तलका सर्वसाधारण निर्दोष जनताहरु र तलका प्रहरीहरुनै एकआपसमा लडांई गर्न पीडित हुन वाध्य भएको भनेर वौद्धिक शुभचिन्तकहरुले भन्ने गरेको छ ।
किनभने मुक्कुमलुङमा केवल कार रोक्न पहिलो दवाव सिंहदरवारमा प्रधानमन्त्री, गृहमन्त्री त्यसपछि व्यापारी चन्द्र ढकाल, ताप्लेजुङका स्थानीय नेताहरु संग कसरी हुन्छ दवाव दिएर या वार्ता गरेर कुरो सल्टाउनुपर्ने थियो । यस्तो कुरो विल्कुल कोशिश भएको देखिन्दैन । जिम्मेवार नेताहरुले घाईते योद्धाहरुको उचित स्वास्थ्य, संरक्षण र व्यवस्थापन गर्न सकेको छैन भनेर त्रिभुवन शिक्षण अस्पतालमा पनि आगन्तुक शुभचिन्तकहरुको जनगुनासो सुनिन्थ्यो ।
केवलकारकै कुरो छिमेकी भारतको उत्तराखन्डका केदार नाथ, हेमकुन्ड साहिव, तुङनाथ मन्दिर त्यस्तै जम्मु काश्मीरको अमरनाथ गुफा, हिमालचल प्रदेशको मणी महेशा मन्दिर आदि ४ हजार मिटर भन्दा अग्ला हिम शिखरमा अत्यन्त पवित्र धार्मिक स्थल भएर पनि अहिले सम्म न कुनै यातायात न कुनै केवलकार वनाएका छन भनेर वुद्धिजिवीहरु तर्क दिन्छन भने केहि वुद्धिजिवी चाहिं मुक्कुमलुङ केवलकारको समस्या वार्ता गरेर निकासको वाटोमा जानुपर्ने सुझाव दिन्छन ।
त्यस्तै पहिचानवादीको नेतृत्व कमजोरपन र वेमिलापले गर्दा कोशी खारेज आन्दोलनले । देशमा नंया शहिद लाजेहाङ थपिए । तर एकआपसको वेमिलापले र पहिचानको नाम दिन नसक्नाले गर्दा मुर्त रुप दिन सकेन ।


