कखरा सिकाउदै
आँखाको ज्योति देखाउने
मेरो प्यारो भानु
तिम्रो कोमल वात्सल्य काखमा
एउटी पंक्षीले वचेराहरुलाई
पखेटाले छप्पक्क छोपेझैं
न्यानो माया गर्दै शिक्षादिक्षा दिएको थियौ
वाल्यकालमा पार्वती मेडम
तुलसी सरले कराईकराई
कखरा सिकाउनुहुन्थ्योभने
शिक्षाका ज्योतिपुञ्जहरु एन डी सर, ईश्वरी गुरु जस्ता
महान मेरा प्रत्येक गुरु र गुरुआमाहरु सवै प्रति
मैले वंहाहरुलाई केहि दिन नसकौंला
आजीवन नतमस्तक भएर मेरो ठाडो शिर झुकाएर
श्रद्धाका फूल टक्र्याउन पाँऊ
गुरु व्रम्हा, गुरु विष्णु, गुरु देवो महेश्वर
गुरु साक्षात् परंव्रम्ह तस्मै श्री गुरुवे़ नम
मेरो प्यारो भानु
कसरी भुल्न सक्छुर
लुकामारी गुलेली मट्याङ्रा खेल्दै
कहिले कुलेसो कान्ला घारी वुट्यानहरुमा
उकाली ओराली गरेको
कहिले डन्डीवियो, गुच्छा र गोट्टी खेल्दै जवान भएको
कैयौं ऋतुहरु संगै वर्षौ विताएको
हो हामी सवैले
मुक्कुमलुङ/पाथिभराको पुजा गरेको
फुङफुङे झर्नाको गीत गाएको
कञ्चनजङ्घा हिमाल र कुम्भकर्णको छहारीमा वसेको
तिम्वुङ पोखरी र सिङ्जेम्मा तालमा रमेको
प्यारो भानु मेरो मानसपटलमा छप्पकै वसेको छौ
प्यारो भानु
एसएलसी सकेर पखेटा पलाएपछि
विरसिलो भएर विछोडिएका थियौं
मेरो अघात माया तिमीलाई
कुनै मापनले नाप्न सक्दैन
कसैले देख्न सक्दैन
म जस्ता सामान्य शिष्य विध्यार्थीहरु धेरै फेरिए
हामीलाई शिक्षाका ज्योति वाल्ने
श्रद्धेय गुरु र गुरुआमा पनि धेरै फेरिए
धेरैले यो संसार छोडिसके आज
हामीलाई समयले लाखापाखा वनाएता पनि
तिमी किकर्तव्य विमूठझै
अटल, अजर र अमर भएर स्थायी वसेको छौ
तिम्रै प्रारम्भिक शिक्षादिक्षा पाएर
कैयौं मन्त्री, माननीय, सचिव, राजदुत, जर्नेल,
कर्णेल आदि अनगिन्ति वरिष्ठ विद्वानहरु भए कहलिए
ए भानुका साथी ! ए भानुका अग्रज !
तपांई अमेरिका वस्नुहोस
चाहे ४० डिग्रीको खाडीमा रम्नुहोस
चाहे मन्त्री हुनुहोस
चाहे राजदुत वन्नुहोस
दुई दिनको जीवन मरेर लानु केहि छैन
सुकेटारमा चिसो सिरेटोको अनुभूत गरेकै हौ
तपांई हामी सवैले तमोरको पानी पिएको हौ
लिम्वुवानको पवित्र माटो टेकेकै हौ
हामी सवै ताप्लेजुङे प्यारो भानुका चेलै हौं
त्यसैले एउटै छहारीमा ओत लागेर रमाऔं
त्यसैले एउटै छहारीमा ओत लागेर रमाऔं ।
****
