कांङसोरे तिमी लडिरहनु । – चन्द्र मादेन आन्छन

भुटेको मकै, सातु र गुन्द्रुक खाएर
वलुडाँडा, नाङजङ्ग उकालो र
माथिल्लो फेदिमा फ्याटफ्टे चप्फल पड्काउदै
कहिले मुक्कुम्लुङको चुचुरोमा गगनचुम्वि नारा गर्जदै
कहिले अजङ्गको सुनसान पहाड थर्कनेगरी
क्रान्तिको विगुल फुक्दै
कहिले शहर, वजार, टोलमा केलाङ, माङलाङ र साकेला नाच्दै हाक्पारे,पालाम र मुन्धुम घन्काउछौ

किनकी तिमी भूमिपुत्र मङ्गोल आदिवासी हौ
तिमी ढुङ्गा, माटो, जल, जमिन र जङ्गल, खोला,
नाला पुजक प्रकृति प्रेमी पुर्खाका सन्तान हौ
हिजो पृथ्वीनारायणका सेनाले १७ पटक हमला गर्दानी
हराउन नसकेका युमा माङका सन्तान हौ
तिमी भाषा, लिपी, धर्म,
संस्कार र संस्कृतिका हिमायति हौ
यो देश र भेष तिम्रो पनि हो
किनकी यो राज्यमा तिम्रै पुर्खाले
सवैभन्दा वढि राज्य गरेका थिए ।
त्यसैले तिमी, कहिलै नमासिने, कहिलै नमेटिने
नौलाखे किरात याक्थुङ हौ
तर तिमीलाई आज वैरीहरुको
साम, दाम, दण्ड,भेद, तिकडमले
वन साङ्लोले घर साङ्लोलाई खेदाएको छ ।

सैयौं वर्षदेखि तिनै पापी वैरीहरुले
तिम्रो सोझोपन र वैमनस्यको फाईदा उठाई
तिमी माथि शोषण गरेको छ, दमन गरेको छ
अन्याय र अत्याचारले पराकाष्ठ नाघेको छ
तिम्रो धर्म, संस्कार, संस्कृति,भाषाभूषा पहिचान माथि
पटक पटक निकृष्ट कार्य गरेको छ, धावा वोलेको छ

यहाँ यस्तो आन्दोलन धेरैपल्ट चर्केको थियो
व्यवस्था र शासक पनि धेरैपल्ट फेरिएको थियो
जताततै तिम्रै पुर्खाले शहादत प्राप्त गरेको थियो
फलस्वरूप, हरेक व्यवस्थामा वैरी शासकहरुले
तिमी माथिनै घोर अन्याय गरेको थियो
आज मुक्कुम्लुङ, सेमुक्तु मुक्तु युमा माङ माथिनै
द्रव्य पिषाच वैरीहरुले पुन वलत्कार गरेको छ
नाङ्गो नाच नाचेको छ,
तिम्रो र मेरो मुटु छियाछिया चकनाचुर वनाएको

तिमी प्रथम राजा यलम्वरका खलक हौ
तिमी वीर योद्धा काङसोरेका सन्तान हौ
तिमी आफ्नो भाषा लिपीको लागि
तिर र भाला खाने श्रीजङ्गाका शिष्य हौ
दर्जनौ पल्ट ज्यादा पृथ्वीनारायणका सेनाले
हमला गर्दानी नहार्ने नमासिने शक्तिशाली वीर योद्धा हौ
तिमी अमर शहिद लाजेहाङका सहपाठी चुम्से हौ
त्यो भन्दानी ठूलो तिमी लिम्वुवान माटोका भूमिपुत्र हौ

त्यसैले, तिमी काङ्सोरे १ थोपा रगत रहे सम्म
अन्याय, अत्याचार, विकृति, विसंगति र वेथिति
विरुद्ध कंक्रिटको चट्टान झै सतिसाल भएर
अस्तित्व र सत्यको लागि लडिरहनु ।।।

द्रस्टव्य —
काङ्सोरे – तत्कालीन विजयपुरको सेनापति
नाङजङ – लिम्वु भाषामा सूर्य उदाउने ठाँऊ
मुक्कुमलुङ – पवित्र ढुङ्गाको चुचुरो(मानव सभ्यता र सृष्टि डांणो)
केलाङ – लिम्वु जातिको च्याव्रुङ नृत्य
माङलाङ – किरात जातिले देखाउने देव नृत्य
सेमुक्तु मुक्तु युमा – लिम्वु जातिले मान्ने पवित्र देवी
यलम्वर – प्रथम किरांत राजा
लाजेहाङ – १ नं. प्रदेशको पहिचानको आन्दोलनमा सहादत भएका वीर शहिद ।

चुम्से – साथी

(यो कविता गत महिना केवलकार विरुद्ध मुक्कुमलुङको पक्षमा माईतीघर मण्डला काठमाण्डौमा वृहत कोण सभा र्यालीमा सुनाईएको थियो ।)

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments